Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौँ भन्ने नाराकासाथ आज विश्व दृष्टि दिवस मनाइंदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउन विश्वभर विश्व दृष्टि दिवस मनाइने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता संगठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।

सरकारले पनि आफू सङ्गठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा भिजन २०२० कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागू गरेको छ ।

तपाईको प्रतिक्रिया