Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – चिकित्सा शिक्षा र सेवा सुधारको मागसहित अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेपछि नशाबाट स्लाइन दिन थालिएको छ । शरीरमा पानीको मात्रा कम भएर अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

डा. केसीको बिग्रदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखी हिजो राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका सामान्य चिकित्सा विभाग प्रमुख डा. प्रदिपकृष्ण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय स्वास्थ्य उपचार कमिटि गठन गरिएको छ ।

डा. केसीको मांसपेशी बाउडिने, रिगंटा लाग्ने जस्ता समस्या देखापरेको केसीका सहयोगी अभिषेक सिंहले जानकारी दिनभुयो । डा. केसी अनसन बसेको पाँच दिन भइसक्दा पनि सरकारले भने सहमतिका लागि पहल गरेको छैन । चार बुँदे माग सहित डा.  केसीले गत विहिबारदेखि १३ औं पटकको अनसन सुरु गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया