Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – महिनाको एकपटक तीनदेखि चार-पाँच दिनसम्म गर्भाशयबाट रगत र केही कोषहरू बाहिर निस्किन्छन् । यसैलाई महिनावारी भएको भनिन्छ ।

युनिसेफको एक अध्ययनअनुसार साउथ एसियामा प्रत्येक तीनजना किशोरीमा एकजनालाई महिनावारी हुनुभन्दा अगाडि यसबारे केही जानकारी नै हुँदैन । महिनावारी हुँदा महिलामा यस्ता समस्या देखिन सक्छः

-हाडजोर्नी दुख्ने ।

-टाउको दुख्ने ।

-पेट फुल्ने ।

-बान्ता हुने ।

-तल्लो पेट दुख्ने ।

-ढाड दुख्ने ।

-छिटो रिस उठ्ने, आत्तिने ।

नबिर्सनुस् यी कुरा

-सरसफाइमा विशेष ध्यान दिने गरौँ ।

-नियमित नुहाउने गरौँ ।

-हिँडडुल र साधारण व्यायाम गरौँ ।

-प्रशस्त मात्रामा पौष्टिक आहार खाने गरौँ ।

-सफा कपडा तथा प्याडको प्रयोग गरौँ ।

-आराम गरौँ ।

-माछा, मासु, हरियो सागसब्जीलाई खानामा अधिक मात्रामा समावेश गरौँ । -एजेन्सी 

तपाईको प्रतिक्रिया