Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

नवलपरासी – नवलपरासीको नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण शुरु भएको छ ।

रु १४ करोडको लगानीमा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले मध्यविन्दु नगरपालिका- ३ ब्रह्मस्थानमा सुविधा सम्पन्न होटलको निर्माण प्रक्रिया शुरु गरिएको छ । होटल ग्रीन भिल्ला’ प्राइभेट लिमिटेड नाम दिइएको उक्त होटल नारायणी नदी किनार क्षेत्रमा दशकठ्ठा साढे १७ धुर जग्गामा फैलिएको छ ।

होटल व्यवसायी चौधरीका अनुसार ३० वटा वतानुकूलित सुविधा सम्पन्न कोठा, ३ सय क्षमता भएको सेमिनार हल, एक सयजना क्षमता भएको रेष्टुरेण्टसहितको होटल निर्माण हुनेछ । होटलभित्रै स्वीमिङ पुल, फिट्नेस सेण्टर, सानो स्केलको सपिङ सेन्टर, थारु समुदायको परम्परागत खानाको व्यवस्थापन हुनेछ ।

यस्तै नारायणगढको पुलदेखि होटलसम्म दैनिक राफ्टिङको व्यवस्था, साइकिलिङ टुर, जिप सफारी, हात्ती सफारीलगायतको व्यवस्थापन गरिने हुँदा सोहीअनुसारको संरचना निर्माण भइरहेका छन् । होटल परिसरभित्रै मनि एक्सचेञ्ज काउण्टर, एटिएमको व्यवस्थापन हुनेगरी होटलको संरचना तयार भइरहेका छन् । पाँच महिनाभित्र होटलको सम्पूर्ण निर्माण काम सकेर होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ ।

नवलपुरकै सबैभन्दा सुविधा सम्पन्न होटलको रुपमा सञ्चालनमा आउन लागेका यो होटलमा कम्तीमा ६० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । योसंगै पश्चिम चितवनको पटिहानीमा पनि सुविधा सम्पन्न होटल निर्माणको काम शुरु हुने तयारीमा छ । राप्ती नदी किनार नजिकै होटल निर्माणका लागि चार विगाहा एक कठ्ठा जग्गा खरिद भइसकेका छन् ।

करिब रु ६० करोडको लगानीमा यो होटल निर्माण गर्ने योजना छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया