Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका नवनियुक्त राजदूत डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्। उक्त समारोह मङ्गलबार सियोलमा आयोजना गरिएको थियो। प्रमाणपत्र प्रस्तुतिपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेकी छिन्। भेटको क्रममा उनले नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुबै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानको आवश्यकता औँल्याउँदै त्यसका लागि सहयोग गर्न आग्रह गरिन्। साथै, आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका नेपाली कामदारहरूले दुई देशबीच जनस्तरमा सम्बन्ध मजबुत बनाउन र कोरियाको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताइन्। कार्यवाहक राष्ट्रपति चोइले राजदूत तुम्बाहाम्फेलाई गणतन्त्र कोरियाका लागि नेपालको राजदूतको रूपमा स्वागत गर्दै नेपाल–कोरिया सम्बन्धलाई थप प्रगाढ बनाउन सरकारको तर्फबाट सक्दो सहयोग प्रदान गरिने उल्लेख गरे। साथै, उनले तुम्बाहाम्फेको सफल कार्यकालको कामना समेत गरे।

सो अवसरमा राजदूत तुम्बाहाम्फेले २९ डिसेम्बरमा कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरिन्। समारोहमा नेपाली दूतावासका उपप्रमुख पुष्पराज भट्टराई, कोरियाली विदेशमन्त्री चो ताई युल, शिष्टाचार प्रमुख तथा अन्य उच्च अधिकारीहरू समेत सहभागी थिए।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया