Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – डक्टर्स सोसाइटी अफ नेपाल लगायत ११ चिकित्सक संगठनले दबाबमूलक हेल्मेट र्‍याली गरेका छन् ।

सरकार र नेपाल चिकित्सक संघबीच भएको सहमतिप्रति विरोध जनाउँदै आएका संगठनले आज राजधानीको माइतीघरदेखि बानेश्वरसम्म हेल्मेट र्‍याली गरेका हुन् । बिरामीलाई मर्का नपर्ने गरी सांकेतिक रुपमा सरकारलाई दवाब दिन हेल्मेट र्‍याली गरिएको आन्दोलन टास्क फोर्सका संयोजक डाक्टर कालुसिंह खत्रीले बताउनुभयो ।

उनीहरुले गएको असोज १७ गतेदेखि हातमा कालोपट्टी बाँधेर हेल्मेट लगाई बिरामीको उपचार गरिरहेका छन् ।

चिकित्सकको निवृत्त उमेर ६५ वर्ष पुर्‍याउने निर्णय खारेज गरिनुपर्ने, चिकित्सक संघसँग भएका सम्झौता पालनाको क्रममा गठन हुने हरेक समितिमा सरकारी र गैरसरकारी चिकित्सकबाट एकरएक जना प्रतिनिधि अनिवार्य संलग्न गराउनुपर्ने उनीहरुको माग छ ।

तपाईको प्रतिक्रिया