Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल चिकित्सक संघले देशैभरका अस्पताल बन्द गराउन आफू माताहतका अस्पताल र डाक्टरहरुलाई अर्को उर्दी जारी गरेको छ ।

डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा डाक्टरबाटै क्षतिपूर्ति भराउने विधेयक बनाउने सरकारको तयारीको विरोधमा रहेको नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरेको छ । डाक्टरहरुको आन्दोलनले विरामी मर्कामा परेको भन्दै आज बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले चिकित्सकको मागमा सरकार सकारात्मक रहेको र प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाबाट फर्किएपछि निर्णय फिर्ता हुन सक्ने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो ।

तर मन्त्रीपरिषदको बैठकले औपचारिकता मात्रै निभाउन खोजेको र माग पूरा नगर्ने खेलमा लागेको भन्दै आन्दोलन फिर्ता नलिने चिकित्सक संघले जनाएको छ । संघले देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिकलगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय कार्यान्वयन गर्न उर्दी जारी गरेको छ ।

संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरीका सम्पूर्ण स्वास्थ्यसंस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पूर्ण रुपमा आन्दोलनमा सहभागी हुनु संघले भनेको छ । आफूहरुको आन्दोलनबाट उत्पन्न हुने सक्ने जुनसुकै परिस्थितिको जिम्मा नेपाल सरकारको नै रहेको पनि चिकित्सक संघले दावी छ ।

तपाईको प्रतिक्रिया