Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

म्याग्दी – म्याग्दी जिल्लाको एक नगरपालिका सहित छ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण,स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ ।
बैंक नभएका कारण कारोबारका लागि सबै सदरमुकाम धाउन बाध्य भएका छन् । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बैंकको कामकै लागि दिनभर लगाएर सदरमुकाम आउन बाध्य भएको बताउनुहुन्छ । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनैपर्ने बाध्यता रहेको छ ।
अहिले सदरमुकाम बेनीबजारमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकलगायत एक दर्जन बढी निजी तथा विकास बैंकले सेवा दिइरहेका छन् भने मालिका गाउँपालिकाको दरबाङमा सरकारी बैंक नभए पनि गरिमा लगायतका निजी बैंक रहेका छन् । यता मंगाला गाउँपालिकाको केन्द्र बाबियाचौरमा गरिमा विकास बैंकबाट नै कारोबार हुँदै आएको छ । गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुन थालेका छन् ।
सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पुर्याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन ।

तपाईको प्रतिक्रिया