Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार पाएका छन्। पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्वास्थ्य तथा मानवीय सेवामा उल्लेखनीय योगदान पुर्‍याई देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको सम्मानस्वरूप डा. रुइतलाई उक्त पुरस्कार प्रदान गरेको हो।

गुठीको ३२औँ वार्षिक साधारण सभामा वडाध्यक्ष दीपेन्द्र मर्सानीलगायतले उनलाई नगद रु दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाज सेवा पदक र ताम्रपत्रसहित सम्मान गरेका थिए। सम्मानित भएपछि डा. रुइतले यो सम्मानले समाजसेवामा थप जिम्मेवारीसहित लाग्न प्रेरणा दिएको बताए। कार्यक्रममा सामाजिक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नारायण कार्कीलाई प्रदान गरिएको थियो। कार्कीलाई नगद रु २२ हजार दुई सय २२, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो।

गुठीका सचिव नवराज कोइरालाका अनुसार यो पुरस्कार शिक्षा, स्वास्थ्य, संस्कृति, विज्ञान प्रविधि, मानवीय सेवा र सामुदायिक विकासमा सक्रिय योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिन्छ। पुरस्कृत व्यक्ति छनोट गर्न ६ सदस्यीय समिति गठन गरिएको थियो। यसअघि यो पुरस्कार माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान भइसकेको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया