Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आजदेखि सुरू हुने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजे बस्नेछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्नेछन्, जसमा छलफल हुने कार्यक्रम रहेको छ। पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, यसअघि स्थायी समिति बैठकले अध्यक्ष दाहालको ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको थियो।

बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थिति विवरण प्रस्तुत गर्ने छन्। प्रतिवेदन पेस भएपछि त्यसका विषयमा गहन छलफल हुनेछ। बैठक सञ्चालनको मोडालिटी तय गर्नका लागि स्थायी समिति बैठक बिहान ८ बजे बस्ने जानकारी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले दिएका छन्।

केन्द्रीय समितिको यो बैठकमा ८१४ सदस्यको सहभागिता रहने बताइएको छ। यसमा ४०९ पूर्ण सदस्य, २०५ वैकल्पिक सदस्य, तीन आयोगका ७५ प्रतिनिधि, सात भौगोलिक र तीन गैरभौगोलिक क्षेत्रका १० प्रदेश पदाधिकारीसमेत सामेल हुनेछन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया