Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सुनचाँदीको भाउ शुक्रबार बढेको छ । सुनको भाउ शुक्रबार तोलामा ६ सय रुपैयाँ तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन शुक्रबार तोलाको ५७ हजार ८ सय रुपैयाँ तथा चाँदी ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार सुन तोलाको ५७ हजार २ सय तथा चाँदी ७ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

समग्रमा यो हप्ता सुन तोलामा एक हजार तथा चाँदी १५ रुपैयाँ बढेको छ । हप्ताको पहिलो दिन ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलाको ५७ हजार ८ सय पुगेको हो । यस्तै आइतबार तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७ सय ९५ रुपैयाँ पुगेको छ ।

सुनमा लगानीकर्ता बढेकाले भाउ पनि महंगो हुँदै गएको महासंघले जनाएको छ । महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढ्दा भाउ पनि महंगो भएको हो ।

तपाईको प्रतिक्रिया