Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – दसैँका लागि आउँदो २८ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गतेदेखि नयाँ नोट साट्न पाइने व्यवस्था मिलाइएको जनाएको छ ।

ती बैकका शाखाहरुबाट ५, १०, २०, ५० र एक सय दरका नया नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले निकालेको सूचनामा नयाँ नोट एकजनाले २० हजारसम्म साट्न पाउनेछन् । यस्तै राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका काउन्टरबाट भने २७ हजार रुपैयाँ सम्म नोट सटही गर्न सकिनेछ ।

काठमाडौंको थापाथलीमा रहेको आफ्नो केन्द्रीय कार्यालयबाट नोट सटही हुने जानकारी पनि राष्ट्र बैंकले गराएको छ ।

तपाईको प्रतिक्रिया