Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सुनसरी – स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत् सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सोमबार राति घोषित परिणामअनुसार धरान उपमहानगरको प्रमुखमा एमाले उम्मेदवार तारा सुब्बा र उपप्रमुखमा पनि एमालेकै मञ्जु भण्डारी निर्वाचित हुनुभएको हो ।

सुब्बाले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलक राईलाई झन्डै चार हजार मतान्तरले पराजित गर्नुभएको छ । धरानको मतपरिणासँगै दोस्रो चरणको निर्वाचनअन्तर्गत् ३३४ स्थानीय तहमा सम्पन्न निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ ।

जसअनुसार नेकपा एमालेले १५१ तहमा प्रमुखरअध्यक्ष पद जित्दै पहिलो पार्टी बनेको छ भने कांग्रेसले १२२ स्थान जित्दै दोस्रो स्थानमा छ । यस्तै, माओवादी केन्द्रले ३८ तहमा जितेको छ भने संघीय समाजवादी फोरम चौथो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया