Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी मुद्दाको सुनुवाइ साउन २ गतेलार्इ सरेको छ । उक्त मुद्दाको सुनुवाइ आजका लागि तोकिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा मुद्दाको पेशी तोकिएकोमा न्यायाधीश मिश्रले नभ्याउने भएपछि पेशी सरेको हो । यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो ।

सोहीअनुसार अदालतमा च्यातिएको मतपत्रसहित अरु कागजपत्र सर्वोच्च अदालत पुर्याइसकिएको छ ।  भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मत गन्ने क्रममा गणनास्थलमा रहेका पार्टी प्रतिनिधिले केही मतपत्र च्यातेपछि गणना रोकिएको थियो । त्यसपछि सो विषय सर्वोच्च अदालतसम्म पुगेको हो । यसअघि कायम मुकायम प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र,मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो ।

ती सबै कागजातहरु पेश भइसकेका छन् । भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो । भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् ।

एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् । २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधा भन्दा बढी गणना भइसकेपछि मतपत्र च्यातिएको थियो ।

 

तपाईको प्रतिक्रिया