Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये ३ स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ ।

१) सुनसरीको धरान उपमहानगरपालिका

२) झापाको अर्जुनधारा नगरपालिका

३) कञ्चनपुरको पुनर्वास नगरपालिका

पछिल्लो मतपरिणाममा कहाँ को अघि ?

झापाको अर्जुनधारा नगरपालिकामा एमाले अघि छ । मेयरमा एमालेका हरि राना १२ हजार ६ सय ३३ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई कांग्रेसका हेमराज खरेलले ८ हजार ७ सय ४४ मतसहित पछ्याइरहनुभएको छ । उपमेयरमा एमालेकै कमला आचार्य ११ हजार ७ सय ८ मत पाएर अघि हुनुहुन्छ ।

उहाँलाई कांग्रेसकी सरस्वती सिटौलाले ९ हजार ६ सय २७ पछ्याइरहनुभएको छ । अर्जुनधारा नगरपालिकाको अन्तिम मतपरिणाम आज रातीसम्ममा आउने अनुमान गरिएको छ ।  … धरान उपमहानगरपालिकाको मेयरमा एमालेका एमालेका तारा सुब्बा १३ हजार ४ सय ५० मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई १० हजार ६ सय ३७ मतसहित नेपाली कांग्रेसका तिलक राईले पछ्याइरहनुभएको छ ।  यस्तै उपमेयरमा एमालेकी एमालेकी मञ्जु भण्डारीक १३ हजार ६ सय ८० मतसहित  अघि रहँदा कांग्रेसकी श्यामा रेग्मीले १० हजार १ सय ४८ मतसहित पछ्याइरहनु भएको छ ।

धरानका ११ वटाको मतगणना सकिएको छ । वडा नम्बर ९ र १० मा विवाद भएपछि पुनः मतगणना भईरहेको छ । वडा नम्बर  १, २, ३, ४, ५, ६, ७, ८, १२, १३ र १४ मा मतगण्ना सकिएको छ । ७ वटा वडामा एमाले विजयी भएको छ भने ४ वटामा कांग्रेसले जितेको छ ।

अहिले ९, १०, ११, १५, १६, १७, १८, १९ र २० नम्बर वडाको मत गणना चलिरहेको छ । मतगणना चलिरहेका वडामध्ये पछिल्लो मतपरिणाम अनुसार १८ नम्बरमा कांग्रेस अगाडि छ । १७ नम्बरमा माओबादी अगाडि छ । ११, १५, १६, १९ र २० नम्बर वडामा एमाले अगाडि छ ।

धरानको मतपरिणाम आउन अझै केहि दिन लाग्ने देखिएको छ ।  … कञ्चनपुरको पुनर्बास नगरपालिकाको प्रमुखमा एमालेका जीवन थापा ५ हजार ९४ मतसहित अघि हुनुहुन्छ । उहाँलाई कांग्रेसका तोयाप्रसाद शर्माले ४ हजार ५ सय २१ मतसहित पछ्याइरहनुभएको छ ।

यस्तै उपप्रमुखमा पनि एमालेकी सारदा शर्मा ५ हजार ४ सय ५४ मतसहित अघि रहँदा ४ हजार ४ सय मत सहित कांग्रेसकी भलिया रानाले पछ्याइरहनुभएको छ । १० नम्बर वडाको मात्र मत गन्न बाँकी भएकाले आज बेलुकासम्ममा पुनर्बास नगरपालिकाको नतिजा आउने अनुमान छ ।

तपाईको प्रतिक्रिया