Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

मोरङ – प्रदेश नम्बर १ को एक मात्र महानगरपालिकामा कांग्रेस विजयी भएको छ । मोरङको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली विजयी हुनु भएको हो । अन्तिम मत परिणाम अनुसार मेयर र उपमेयर दुवैमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

उपमेयरमा इन्दिरा कार्की निर्वाचित हुनु भएको हो । मेयरमा विजयी पराजुलीले निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकाललाई ५ हजार ७ सय १० मतले हराउँदै जित हाँसिल गर्नु भएको हो । उहाँले २३ हजार ३१ मत पाएउनुभयो भने ढकालले १७ हजार ३ सय २१ मत ल्याउनुभयो ।

यस्तै उपमेयरमा निर्वाचित कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १ सय ८६ मत पाउनु भएको छ  भने उहाँकी प्रतिस्पर्धी माओवादी केन्द्रका नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याउनुभयो । कार्कीले ८ हजार ६ सय २२ मतले न्यौपानेलाई हराउनु भएको हो ।

विराटनगरमा मेयर पदका लागि एमालेले फोरम लोकतान्त्रिकसँग र संघीय समाजवादी फोरमले तालमेल गरेका थिए । तर एक्लै चुनाव लडेका कांग्रेस उम्मेदवार पराजुलीसँग गठबन्धन कमजोर बन्यो । महानगरका वडाहरुमा पनि कांग्रेस नै हावी भएको छ ।

कांग्रेसले ७, एमालेले ३, माओवादी केन्द्रले १, संघीय समाजवादी ६ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् । विराटनगर महानगरमा जम्मा १९ वडा छन् । कुल १ लाख १३ हजार मतदातामा ८० हजारले मतदान गरेका थिए ।

महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी हुनु भएको थियो । चुनाव भएका चार महानगरमध्ये कांग्रेस र एमालेले दुई दुईवटामा जित निकालेका छन् ।

भरतपुर महानगरपालिकामा विवादका कारण अहिलेसम्म परिणाम आउन सकेको छैन । अर्को वीरगञ्ज महानगरपालिकामा भने चुनाव हुनै बाँकी छ ।

तपाईको प्रतिक्रिया