Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – कञ्चनपुरको पुनर्वास नगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार एमाले प्रमुख र उपप्रमुख दुवैमा अगाडि रहेको छ । पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदमा एमाले २ हजार ९३५, कांग्रेस २ हजार ६७८ र माओवादी केन्द्र २ हजार ६४ मत प्राप्त गरेका छन् ।

यसैगरि उप प्रमुख पदमा एमाले उम्मेदवारले ३ हजार १९८, कांग्रेस २ हजार ४८४ र माओवादी केन्द्रले २ हजार ९९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । खसेको मतभन्दा केहि मत बढी आएको विवादका कारण गत शनिबारदेखि मत गणना स्थगित रहेको पुनर्वास नगरपालिकामा बुधबारदेखि पुन गणना सुरु भएको हो । हालसम्म पुनर्वास नगरपालिकाको ११ वडामध्ये ८ को गणना सकिएको छ ।

कञ्चनपुरमा ७ नगरपालिका र २ गाउपालिका गरी ९ स्थानिय तह रहेका छन् । अब परिणम आउन बाकी पुनर्वास मात्र रहेकोछ । जिल्लाको बेतकोट, कृष्णपुर, भीमदत्त नगरपालिका र बेलडाडी समेत ४ स्थानिय तहमा एमाले बिजयी भइसकेको छ भने कांग्रेस महाकाली र शुक्लाफाँटा नगरपालिकामा बिजयी भएको हो । यस्तै माओवादी केन्द्रले बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा जितेको छ ।

तपाईको प्रतिक्रिया