Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – मोरङको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुली जितको नजिक पुग्नु भएको छ । कांग्रेसका उम्मेदवार भीमले झण्डै ५ हजारको अग्रता लिनु भएको हो ।

अब वडा नम्बर १०, ११ र १२ को जम्मा १६ हजार ९१३ मत गणना गर्न बाँकी छ । यसमा पनि १२ नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगिसकेको छ भने १० र ११ को सुरुवात छ । पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले १९ हजार १ सय ५१ मतका साथ अग्रता कायम राख्नुभएको हो । उहाँलाई एमालेका मेयरका उम्मेदवार विनोदप्रसाद ढकालले १३ हजार ८ सय ३५ मतका साथ पछ्याई रहनुभएको छ ।

संघीय समाजवादी फोरमका उमेशकुमार यादवको भने १२ हजार ६ सय ७७ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्की (इन्दु)ले १६ हजार ६ सय ७० मतसहित अग्रता कायम गर्नु भएको हो । उहाँलाई माओवादी केन्द्रकी नमिता न्यौपानेले १० हजार ३३ मतसहित पछ्याई रहनुभएको छ ।

लोकतान्त्रिक फोरमकी सूची चौधरीले भने ८ हजार ५ सय ७७ मत ल्याउनुभएको छ । यहाँ एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।

तपाईको प्रतिक्रिया