Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले जित हासिल गरेको छ ।आज दिउँसो सम्पन्न मतगणना अनुसार दमकको मेयरमा नेकपा एमालेका उम्मेदवार रोमनाथ ओली १० हजार ८०६ मतसहित विजयी हुनु भएको हो ।

उहाँका निमटमत प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७६५५ र नेकपा माओवादी केन्द्रका गगन पुरीले ६८९८ मत पाप्त गर्नुभयो । त्यस्तै कांग्रेसका ढुण्डीराज पोखरेलले ५५३९ मत ल्याउनु भएको छ । उपमेयरमा पनि एमालेकै गीता अधिकारी १२ हजार ६२५ मत ल्याए विजयी हुनु भएको छ । उहाँले मेयरको तुलनामा करिव २ हजार मत बढी पाउनु भएको हो ।
उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले ८९१२ मत ल्याउनुभयो ।

राप्रपाकी रिता बस्नेतले ४४९८ मत ल्याइन् भने नेकपा माओवादी केन्द्रकी शान्ति धिमालले ४३७४ मत ल्याउनु भएको छ ।  झापाका १५ स्थानीय तहमध्ये एमालेको यो छैटौं जित हो । अव झापाको मेची नगर र अर्जुनधारा नगरपालिकाको अन्तिम मत आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया