Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १४ हजार ४ सय ४४ मतका साथ अग्रता कायम राख्नुभएको हो ।

उहाँलाई एमालेका मेयरका उम्मेदवार विनोद प्रसाद ढकालले ११ हजार १ सय ५४ मतका साथ पछ्याई रहनुभएको छ । संघीय समाजवादी फोरमका उमेश कुमार यादवको भने १० हजार ३ सय ४१ मत ल्याउनुभएको छ ।  त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्की ९इन्दु० ले १२ हजार ६ सय १६ मतसहित अग्रता कायम गर्नु भएको हो ।

उहाँलाई माओवादी केन्द्रकी नमिता न्यौपानेले ८ हजार २२ मतसहित पछ्याई रहनुभएको छ । लोकतान्त्रिक फोरमकी सूची चौधरीले भने ७ हजार १ सय ७६ मत ल्याउनुभएको छ । यहाँ एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।

तपाईको प्रतिक्रिया