Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब ९ स्थानको मात्र मतपरिणाम आउन बाँकी छ।

हालसम्मको परिणाम अनुसार एमाले अग्रस्थानमा छ । एमालेले १४६ स्थानमा विजयी हुँदै पहिलो स्थानमा छ भने कांग्रेसले ११८ स्थानमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्र ३८ स्थानमा विजयी हुँदा संघीय समाजवादी फोरम ८ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएका छन् ।

राप्रपा ४ स्थानमा विजयी भएको छ भने राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित हासिल गरेको छ। स्वतन्त्रले ३ स्थानमा जित हासिल गरेको छ। जारी ९ स्थानको मतगणनामा एमालेले अहिले पाँच स्थानमा अग्रता लिएको छ। कांग्रेसले चार स्थानमा अग्रता बनाएको छ।

एमालेले अग्रता लिएका तहः

धरान उपमहानगरपालिका, सुनसरी

दमक नगरपालिका, झापा

अर्जुनधारा नगरपालिका, झापा

धनपालथान गाउँपालिका, मोरङ

भीमदत्त नगरपालिका, कञ्चनपुर

कांग्रेसले अग्रता लिएका तहः

विराटनगर महानगरपालिका, मोरङ

धनगढी उपमहानगरपालिका, कैलाली

मेचीनगर नगरपालिका, झापा

पुनर्वास नगरपालिका, कञ्चनपुर

तपाईको प्रतिक्रिया