Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कैलाली  – कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उमेद्वार नृपबहादुर ओडले ११ हजार ५ सय ८९ मत सहित अग्रता कायम राख्नुभएको हो ।

उहाँलाई स्वतन्त्रका मेयरका उम्मेदवार गोपाल हमालले १० हजार ४ सय ३५ मतसहित पछ्याई रहनुभएको छ । माओवादी केन्द्रका मेयरका उम्मेदवार रामसमझ रानाले ८ हजार २ सय ६९ मत पाएर तेश्रो स्थानमा हुनुहुन्छ ।

उपमेयरमा पनि नेपाली कांग्रेसको नै अग्रता छ । नेपाली कांग्रेसका सुशीला मिश्र भट्टले १४ हजार ५ सय ६१ मतसहित अग्रता कायम गर्नुभएको हो ।  १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकाको  ९, १०, ११, १२ र १३ को मतगणना गर्न बाँकी छ ।

मतगणना भएका मध्ये  ८ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । त्यस्तै ४ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ भने दुई वटा वडामा एमाले विजयी भएको छ ।

तपाईको प्रतिक्रिया