Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – झापाको शिवसताक्षी नगरपालिका नेकपा एमाले बिजयी भएको छ ।
मेयरमा एमालेका चन्द्रकुमार शेर्मा लिम्बु १४६८४ मत प्राप्त गरी बिजयी भएका छन् । उपमेयरमा पनि एमालेकै भोजकुमारी नेपाल १४९६० मतका साथ बिजयी भएकी छन् ।
मेयरमा कांग्रेसका निकटतम प्रतिद्वन्द्वी परशुराम ढुंगानाको ९८५६ मत छ भने उपमेयरमा कांग्रेसकी जयकुमारी चेम्जोङको ९३२४ मत प्राप्त भएको छ । झापाका १५ स्थानीय तहमध्ये अब मेची, दमक, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको मत परिणाम आउन बाँकी छ ।
अहिलेसम्म एमालेले बिर्तामोड, भद्रपुर, कनकाइ र शिवसताक्षी नगरपालिका तथा कमल गाउँपालिका जितेर अग्रता लिएको छ । कांग्रेस र राप्रपाले बराबरी ३/३ स्थानीय तह जितेका छन् ।

तपाईको प्रतिक्रिया