Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

विराटनगर – विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ ।
प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले १३ हजार ९६१, नेकपा (एमाले)का विनोद ढकालले नौ हजार ९९७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ हजार ६१४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीले १० हजार ७७८, नेकपा (माओवादी केन्द्र)की नमिता न्योपानेले छ हजार ३७९ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले पाँच हजार ७२७ मत प्राप्त गर्नुभएको छ ।
सो महानगरपालिकाको १९ वटा वडामध्ये १, २, ३, ४, ५, १५, १६, १७, १८ र १९ गरी १० वटा वडाको मतगणना सम्पन्न भएको छ भने वडा नं ६ र १४ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया