Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिएको छ । मतपरिणाम अनुसार नेकपा एमाले १४२ स्थानीय तहमा विजयी भएको छ । एमाले अग्रस्थानमा छ ।

यस्तै, नेपाली कांग्रेस ११७ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा रहेको छ । तस्रो स्थानमा रहेको माओवादीले ३७ स्थानमा जित हासिल गरेको छ । संघीय समाजवादी फोरम ७ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको छ ।

एक उपमहानगरसहित राप्रपाले ४ स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले २ र स्वतन्त्रले तीन स्थानमा जित हासिल गरेका छन्।

जारी मतगणनामा अहिले नेकपा एमालेले दुई उपमहानगर, ६ नगरमा अग्रता लिएको छ। यस्तै कांग्रेसले विराटनगर महानगर, धनगढी उपमहानगर र अन्य तीन नगर र एक गाउँपालिकामा अग्रता बनाएको छ ।

माओवादी केन्द्र मोरङको रंगेलीमा अघि छ । संघीय समाजवादी फोरम र स्वतन्त्र एक स्थानमा अघि छन् ।

तपाईको प्रतिक्रिया