Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा माओवादीका पोतिलाल चौधरिले ६७६४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लवराज भट्टले ६४०७ मत ल्याउनु भएको छ । यस्तै उपमेयरमा नेकपा एमालेका चित्रा कुमारी चौधरीले ६७४८ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादीका राधादेवी खरेलले ६१२१ मत ल्याउनु भएको छ ।

७ नगरपालिका र २ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा अहिलेसम्म भिमदत्त नगरपालिका र पुनर्बास नगरपालिका बाहेक अरु ७ वटा स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।

तपाईको प्रतिक्रिया