Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – बराबर मत आएपछि प्यूठान नगरपालिका ६ मा गोला प्रथाबाट वडाध्यक्ष चयन गरिएको छ । नेपाली कांग्रेसका उम्मेदवार कमानसिंह पुन र माओवादी केन्द्रका उम्मेदवार दुजबहादुर बैजालीको मत बराबर आएपछि आज दुवै उम्मेदवारलाई बोलाएर गोला टिप्न लगाइएको हो ।

पुनलाई गोला परेर वडाध्यक्षमा निर्वाचन भएको घोषणा गरिएको प्यूठान नगरपालिकाका निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीले बताउनुभयो । व्यवस्था भएअनुसार गोला टिप्न लगाएको भन्दै भण्डारीले पुनलाई परेपछि विजय भएको घोषणा गरिएको बताउनुभयो ।

उहाँहरु दुवैले ३९३–३९३ बराबर मत ल्याउनु भएको थियो । गोला परेपछि पुनको मतलाई ३९४ बनाएर विजय घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया