Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – अर्घाखाँचीको मालारानी गाउँपालिकामा कांग्रेस–माओवादीको गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार बालकृष्ण आचार्यले ९ सय ९९ मत अन्तरले गठबन्धनबाट माओवादीका उम्मेदवार पदम क्षत्रीलाई हराउँदै अध्यक्षमा विजयी हुनु भएको हो ।

अचार्य ६ हजार ५ सय ३ मत ल्याइ निजयी हुँदा ५ हजार ५ सय ४ मतका साथ क्षत्रीले पराजित हुनु भएको छ ।  उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सिता खनाललाई १ हजार ३ सय १२ मत अन्तरले हराउँदै एमालेकी प्रमिला क्षत्री विजयी हुनु भएको छ ।

गाउँपालिकाका ९ वडा मध्ये ६ वडाध्यक्ष एमाले र ३ वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया