Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न नमिल्ने भन्दै सभामुख देवराज घिमिरेलाई आफ्नो धारणा प्रस्तुत गरेको छ। सोमबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभापति लामिछानेको सांसद पद निलम्बन गरिए कानुन विपरित हुने दाबी गरेका छन्।

उनले सांसद गणेश पराजुली र सोबिता गौतमको साथमा सभामुखलाई भेटेका थिए। यो अवसरमा सभामुख घिमिरेले आफू कानुनअनुसार निर्णय गर्ने प्रतिक्रिया दिएका थिए। सभामुखका प्रेसविज्ञ शेखर अधिकारीका अनुसार सभामुखले पार्टीका तर्फबाट उठाइएका मुद्दाहरूप्रति कानुन र नियम अनुसार निर्णय लिइने बताएका छन्।

यस्तै, रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधका तीनवटा मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरिसकेको छ। सोबारे जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई आइतबार नै गराएको थियो।

रवि लामिछानेको सांसद पद निलम्बन हुन सक्ने अवस्थामा, रास्वपाका नेताहरू सोमबार सभामुखलाई भेट्न पुगेका हुन्। पार्टीले निलम्बन भए अदालतमा मुद्दा दायर गर्ने तयारीसमेत गरिरहेको छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया