Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – टोकियोमा आइतवार नवौं गणतन्त्र दिवस मनाईएको छ । नेपाली राजदूतावासको आयोजनामा भएको सो गणतन्त्र दिवस समारोहमा बोल्दै हालै मात्र जिम्मेवारी सम्हाल्न जापान आउनुभएकी नवनियुक्त राजदूत प्रतिभा राणाले जापानबासी नेपालीहरुको चासो, चिन्ता र अपेक्षालाई सम्बोधन गर्न आफु कटिबद्ध रहने बताउनुभयो ।

उहाँले जापानमा रहेका हरेक नेपाली अवैतनिक राजदूत भएकोले मुलुकको हित हुने काममा आ-आफ्नो ठाउँबाट सबैले योगदान गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । राजदूत राणाले आफ्नो कार्यकालभित्रमा राजदूतावासको आफ्नै भवनको ब्यवस्था गर्न हरसंभवका पहलहरु गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो ।

राजदूतावास परिसरमा भएको सो गणतन्त्र दिवस समारोहमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले गणतन्त्र दिवसको शुभकामना दिनुका साथै दूताबासबाट हुने कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रियगानबाट सुरु भएको सो समारोहमा गणतन्त्र प्राप्तीका लागि सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनेट मौनधारण पनि गरिएको थियो । जापानका बिभिन्न क्षेत्रमा संलग्न नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको सो समारोहमा दूतावासका द्वितीय सचिव टोपनारायण गिरीले स्वागत गर्नुभएकेा थियो भने उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले सहजीकरण गर्नुभएको थियो ।

दूतावासले अत्यन्त छोटो समयमा आकस्मिक सूचना जारी गरी गणतन्त्र दिवस मनाईएको भए पनि नयाँ र पहिलो महिला राजदूतको पहिलो सार्बजनिक कार्यक्रम भएकोले नेपालीहरुको उपस्थिति उत्साहजनक देखिन्थ्यो । ***

 

तपाईको प्रतिक्रिया