Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा नं. ५ मा एक वडा सदस्य बाहेक नेपाली कांग्रेसको समूह विजयी भएको छ । आइतबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार चाँगुनारायण वडा नं. ५ को वडा अध्यक्षमा जयन्द खड्का विजयी हुनुभएको छ ।

खड्काले एक हजार ६४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदूर किसान पार्टीका मिनबहादुर बाटाले एक हजार ३२९ मत प्राप्त गर्नुभएको छ । विजयी हुनेहरुमा नेपाली कांग्रेसका महिला सदस्य राधिका खड्का बाटाले एक हजार ३३८ मत, दलित महिला सदस्य रामकुमारी बिकले एक हजार ३३३, वडा सदस्य  राजी गिरीले एक हजार ३२८ र अर्का सदस्य नेमकिपाका रोशन खत्रीले एक हजार १८२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

वडा नं. ५ मा आएपछि नगर प्रमुखमा नेपाली कांग्रेसका राजाराम खड्काले चार हजार ८३२ मतले अग्रता लिनु भएको छ भने उपमेयरमा पनि नेपाली कांग्रेस कै सरु बानियाँले पाँच हजार १९१ मतले अग्रता लिनु भएको छ ।

निकटतम प्रतिद्धन्द्धीे नगरप्रमुखमा एमालेका उम्मेद्वार सोम मिश्रले चार हजार ४०३ मतले र उपमेयरमा एमालेकी बिना बाँस्तोलाले चार हजार ५७४ मतले पछ्याई रहनु भएको छ । मतगणना जारी रहेको छ ।

तपाईको प्रतिक्रिया