Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

चितवन  – भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता कायम राख्नुभएको छ । तर मतगणना अन्तिम चरण तर्फ पुग्दै गर्दा उहाँको अग्रता घट्दै गएको छ ।

अब १९, २० र २१ गरी तीन वटा वडाको मात्रै मत गन्न बाँकी छ । भरतपुर महानगरमा कुल खसेको एक लाख १२ हजार ९ सय सात मत मध्ये अब चार वडाको ९ हजार ७ सय ३० मत गन्न बाँकी छ । वडा नम्बर १८ को मत गणना सकिँदा देवी ज्ञावली माओवादी केन्द्री मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १२ सय १९ मतले अघि हुनुहुन्छ ।

मत गन्न बाँकी रहेको वडा नेपाली कांग्रेसको प्रभाव रहेको क्षेत्रका रुपमा चिनिएकाले भरतपुर महनगरको चुनावी प्रतिस्पर्धा थप कडा र रोमाञ्चक बन्दै गएको छ ।

मेयर

(एमाले) देवी ज्ञवाली – ३९ हजार ५ सय ८५
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – ३८ हजार ३ सय ६६

उपमेयर

कांग्रेस, पार्वती शाह – ४२ हजार ३ सय ३०
एमाले, दिव्या शर्मा – ३६ हजार २ सय १९

तपाईको प्रतिक्रिया