Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित हुनुभएको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी हुनुभयो । काठमाडौंको मत गणना सकिएपनि निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

एमाले उम्मेदवार शाक्यले कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई भारी मतअन्तरले हराउनुभएको हो । यसैगरी कांग्रेसकी खड्गीले उसैगरी राप्रपाका राजाराम श्रेष्ठलाई भारी मतले पराजीत गर्नुभयो ।

काठमाडौंमा एमाले र राप्रपाको बीचमा चुनावी तालमेल भएको थियो भने नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो । तेस्रो स्थानमा विवेकशील नेपाल पार्टीकी रञ्जु दर्शना रहनुभएको छ । चौथो स्थान भने साझा पार्टीका किशोर थापा रहनुभयो ।

उता, भरतपुर महानगरपालिकाको प्रमुखमा भने नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ३९ हजार ७ सय ५० मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई माओवादी केन्द्रकी रेणु दाहालले ३८ हजार ६ सय ५ मत ल्याएर पछ्याई रहनुभएको छ ।

तपाईको प्रतिक्रिया