Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस र एमालेबीच प्रारम्भिक मत परिणाममा चर्को प्रतिस्पर्धा देखिएको छ। निर्वाचन आयोगले दिएको मतपरिणाम अनुसार मेयरमा कांग्रेसका राजाराम खड्का २९ सय २३ मतसहित अगाडि हुनुहुन्छ भने एमालेका मेयर उम्मेदवार सोम मिश्र २९ सय मतसहित पछ्याइरहनु भएको छ।

चाँगुनारायण नगरपालिका १ र २ वडामा नेपाली कांग्रेसका उम्मेदवार राजेश खड्का र शिवहरि केसी तथा वडा नं ३ मा एमालेका श्यामसुन्दर धिमाल निर्वाचित भइसक्नु भएको छ। निर्वाचन आयोगका अनुसार अहिले चाँगुनारायण नगरपालिका वडा नम्बर ४ को मत गणना जारी छ।

मेयर
कांग्रेस राजाराम खड्का २९२३
एमाले (सोम मिश्र) २९००
राप्रपा (रवीन्द्रप्रताप शाह) १३२९
नेमकिपा (न्हुछेभक्त फोजू)१२६१
उपमेयर
कांग्रेस (सरु बानियाँ)३३८७
एमाले (बीणा बाँस्तोला( २९३०
राप्रपा (यवती कार्की) ११८०
नेमकिपा (गीता काफ्ले) ८८९

तपाईको प्रतिक्रिया