Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

ओखलढुंगा – नेकपा एमाले ओखलढुंगाले स्थानीय तहको चुनावका लागि सबै तहमा उम्मेद्वार टुंगो लगाएको छ । एक नगरपालिका र सात गाउँपालिकासहित ओखलढुंगाका आठ वटै स्थानीय तहमा उम्मेद्वार टुंगो लगाएको हो ।
एक प्रमुख र तीन जना उपप्रमुखका उम्मेद्वार भने एमालेको प्रदेश कमिटीले टुंगो लगाएको छ । अन्य तहका सबै उम्मेद्वारहरु स्थानीय तहमै छनौट भएका हुन् ।

सिद्धिचरण नगरपालिकामा जिल्ला अध्यक्ष मोहन कुमार श्रेष्ठ प्रमुखको उम्मेद्वार बन्नुभएको छ । एमालेले पार्टी अध्यक्षदेखि युवा संघ र अनेरास्ववियुका जिल्ला सदस्यसम्मका कार्यकर्ताहरुलाई उम्मेद्वार बनाइएको छ । एमालेमा जिल्ला सचिव र उपाध्यक्षबाहेक धेरै पदाधिकारी चुनावमा उम्मेद्वार बनेका छन् ।

कुन स्थानीयमा तहमा को उम्मेद्वार

सिद्धिचरण नरगपालिका
प्रमुख: मोहकुमार श्रेष्ठ
उपप्रमुख: इच्छा गुरुङ

चिसंखुगढी गाउँपालिका
प्रमुख: भीमबहादुर थापा मगर
उपप्रमुख: सुष्मा राई

मोलुङ गाउँपालिका
प्रमुख: मणिराज राई
उपप्रमुख: हेमकला धमला

खिजीदेम्वा गाउँपालिका
प्रमुख: लाक्पा गेल्बु शेर्पा
उपप्रमुख: पार्वती रोका

लिखु गाउँपालिका
प्रमुख: गोविन्द पौडेल
उपप्रमुख: शान्ता ढुंगेल

चम्पादेवी गाउँपालिका
प्रमुख: हरि घिमिरे
उपप्रमुख: कल्पना थापा

मानेभञ्ज्यांङ गाउँपालिका
प्रमुख: रुपलाल तामाङ
उपप्रमुख: भावना राई

सुनकोसी गाउँपालिका
प्रमुख: ज्ञानवबहदुर खड्का (जिवि)
उपप्रमुख: मुना श्रेष्ठ

एमालेका उम्मेद्वारमध्ये चम्पादेवी गाउँपालिकाका प्रमुख हरि घिमिरे र नगरपालिकाको उपप्रमुखकी उम्मेद्वार इच्छा तामाङ शिक्षकको जागिर राजीनामा गरेर चुनाव लड्न आउनुभएको हो ।

मोलुङ गाउँपालिका प्रमुखका उम्मेद्वार मणिराज राई एमाले जिल्ला कमिटीका उपसचिव हुनुहुन्छ भने लिखु गाउँपालिकाका प्रमुख गोविन्दबहादुर पौडेल निर्वाचन आयोगका अध्यक्ष  र उपप्रमुख शान्ता ढुंगेल १ नम्बर प्रदेश कमिटीकी सदस्य हनुहुन्छ ।

नेकपा माओवादी केन्द्रले पहिलो चरणको निर्वाचन ताकै एक प्रमुख र दुई उपप्रमुख बाहेकाका स्थानमा उम्मेदवारी चयन गरिरहेको छ ।  कांग्रेसले पनि नगरपालिकामा उम्मेद्वारी घोषणा गरेको छ ।

दुवै पार्टीबिच तालमेलको छलफल चलिरहेको र कांग्रेसभित्रको आन्तरिक विवादका कारण उम्मेद्वारी घोषणा हुन नसकेको नेताहरुले बताएका छन् । एमालेको प्रभाव क्षेत्रमा कांग्रेस माओवादीले तालमेलको प्रयास गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया