Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

पोखरा – पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी हुनुभएको छ । यससँगै महानगरमा एमाले खाता खोलेको छ ।

भर्खरै सम्पन्न मत गणनामा जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गर्नुभयो । जिसीले ६० हजार ४२३ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४७३ मत पाउनुभयो । कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो ।

उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी हुनुभयो । उहाँले कांग्रेस उम्मेदवार सरस्वती कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गर्नुभयो ।

मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया