Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं  – गएको बिहिबार मतदान भएको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । अध्यक्षमा कांग्रेसका वैंसिलाल तामाङले ३ हजार ५ सय ४४ मत पाउनु भएको छ । उहाँलाई एमालेका झम्कप्रसाद नेपालले ३ हजार २ सय ६ मत सहित पछ्याईरहनु भएको छ ।

उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले ३ हजार ३ सय २६ मत पाउनु भएको छ भने, एमालेकी सरस्वती अधिकारीको ३ हजार १ सय ६७ मत पाउनु भएको छ । इन्द्रावतीका ८ वटा वडाको मतगणना सकिएको छ ।

अहिले ९ र १० को मतगणना भइरहेको छ भने, ११ र १२ को बाँकी रहेको निर्वाचन अधिकृत हरि बखतीले जानकारी दिनुभयो । उहाँका अनुसार यो गाउँपालिकाको अन्तिम मतपरिणाम भोली दिउँसो आउने छ ।

तपाईको प्रतिक्रिया