Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

भक्तपुर  – मध्यपुरथिमि नगरपालिका वडा नं. ६ को वडा अध्यक्षसहित सदस्यहरुमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ईन्द्रबहादुर प्रजापति श्रेष्ठले १ हजार २ सय १० मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटमत प्रतिद्वन्द्वी नेकपा एमालेका दिलृकृष्ण खाँस प्रजापतिले ५ सय ७४ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसकै महिला सदस्य अरुण कारंजित, दलित महिला सदस्य सीता विश्वकर्मा, सदस्यहरुमा भजराम खड्का र हरिदास प्रजापति विजयी हुनु भएको छ ।

त्यसैगरि यस नगरपालिकाको नगरप्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ ९ हजार ८७० मतले अग्रस्थानमा रहनु भएको छभने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अष्ट कवेँ ८ हजार ५ मतले पछाडि पर्नु भएको छ ।

त्यसैगरि उपप्रमुखमा नेपाली कांग्रेसकी अञ्जना मधिकर्मी ७ हजार ९९५ मतले अग्रस्थानमा हुनुहन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी केदार खड्का ५ हजार ३३४ मतले पछाडि पर्नु भएको छ । मध्यपुरथिमिको वडा नं. ७ को मत गणना जारी रहेको छ ।

तपाईको प्रतिक्रिया