Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत तीन वटा महानगरपालिकामा आइतबार सातौँ दिन पनि मतगणना चलिरहेको छ । पोखराको लेखनाथ महानगरपालिकामा भने मतगणना स्थगित भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएपछि शनिबार दिउँसोदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन ।

मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको पाइएपछि त्यसको छानबिनको माग गर्दै नेपाली कांग्रेससहितका दलका प्रतिनिधि बाहिरिएपछि मतगणना कार्य स्थगित गरिएको थियो ।

मतगणना स्थगित भएपछि निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेपनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन । शुक्रबार चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणना स्थगित भएको थियो । शनिबार बिहान सर्वदलीय बैठक बसेर १० बुँदे सहमति गरेपछि मतगणना सुरु भएको थियो ।

भरतपुर महानगरपालिका 
माओवादी केन्द्र रेणु दाहाल – १६ हजार ७ सय ६
एमाले देवी ज्ञवाली – १७ हजार ५ सय ९१

पोखरा लेखनाथ महानगरपालिकामा 
एमाले मानबहादुर जिसी – २० हजार ५ सय १
माओवादी केन्द्र कांग्रेस तालमेल रामजी कुँवर – १८ हजार ६ सय ७०

ललिपुर महानगरपालिकाको मेयरमा  
कांग्रेसका चिरीबाबु महर्जन – १५ हजार ३ सय ९९
एमालेका हरिकृष्ण व्यञ्जनकार – १४ हजार ८६

काठमाडौं महानगरपालिकाको मेयरमा
एमालेका विद्यासुन्दर शाक्यले –  १९ हजार ५ सय ९२
कांग्रेसका राजुराज जोशीले – १३ हजार ५ सय ८७

 

तपाईको प्रतिक्रिया