Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – जाजरकोट त्रिवेणी नलगाड नगरपालिका–४ मा चुनाव विजय भोज खाएर घर फर्कने क्रममा बाटोमै एक जनाको मृत्यु भएको छ । त्रिवेणी नलगाड नगरपालिका नव निर्वािचत मेयर टेकबहादुर रावलले लहँको खालचौरमा आयोजना गरेको विजय भोज खाएर घर फर्कने क्रममा त्रिवेणी नलगाड नगरपालिका–४ पिपलचौरका ३९ वर्षीय मानबहादुर वलीको लडेर मृत्यु भएको हो ।

भिरालो बाटोमा हिड्ने क्रममा गएराती लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  गएराती लडेर वलीको मृत्यु भएको भएता पनि आज विहान मात्र वलीका आफन्त र नेपाल प्रहरीलाई जानकारी भएको बताइएको छ । वलीको मृत्यु भएको घटना स्थलमा पुगेर प्रहरी मुचुल्का भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मानबहादुर वली लहँमा रहेको भानुभक्त उच्च माध्यामिक विद्यालयका नेपाली विषयका शिक्षक हुनुहुन्थ्यो । उहाँले ३१ वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा बारेकोट गाँउपालिकाको सक्लामा मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया