Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – ललितपुर महानगरमा मेयर र उपमेयरमा नेपाली कांग्रेसको अग्रता कायमै छ । आज विहान १२ बजेसम्मको मतगणनामा मेयरका उम्मेद्वार नेपाली कांग्रेसका चिरिबाबु महर्जनले १४ हजार ६ सय ४३ र उपमेयर कांग्रेसकै गीता सत्यालले ११ हजार ३ सय ५ मत प्राप्त गर्नुभएको छ ।

मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकारले १३ हजार २ सय ४७ मत प्राप्त गर्नुभएको छ । मेयरमा साझापार्टीका रमेश महर्जन ८ हजार ३ सय १७ मतका साथ तेस्रो स्थानमा हुनुहन्छ । राप्रपा र एमालेको संयुक्त उमेद्वार बाबुकाजी प्रधानले ५ हजार मत ल्याउनुभएको छ ।

उपमेयरमा स्वतन्त्र उम्मेद्वार शोभा शाक्य ९ हजार ८ सय १० मत ल्याएर दोस्रो स्थानमा हुनुहन्छ । माओवादी केन्द्रले ललितपुरमा अपेक्षा अनुसार मत ल्याउन नसकेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया