Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

चितवन  – चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना व्यबस्थित रुपमा सुरु गर्न सर्वदलीय बैठकले १० बुँदे समझदारी गरेको छ ।

शनिबार बिहान सर्वदलीय बैठक बसेर सहमति मतगणनालाई व्यबस्थित, पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धमा सहमति भएको हो ।

यस्तो छ १० बुँदे सहमति

१) प्रमुख निर्वाचन आयुक्तले एकजना सूचना अधिकृत तोकी निजले एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषणको व्यबस्था गर्ने
२) मतगणनाको लागि सम्भाव्य समूह मात्र राख्ने
३) मतगणनास्थलमा राजनीतिक दलको प्रमुख वा प्रतिनिधि रहेको छुट्टै डेस्क राख्ने
४) प्रत्येक समूहबाट आउने मतगणनाको परिणाम दलका प्रतिनिधि रहेको डेस्कमा सुनाउने, देखाउने, त्यसपछि सार्वजनिक गर्ने र कम्प्यूटरमा चढाउने
५) मत गणनाको क्रममा देखापर्ने समस्यालाई दलका प्रमुख वा जिम्मेवार प्रतिनिधिहरु राखि समाधान गर्ने
६) अब मतगणना गर्दा एक वडा बढ्दो क्रममा र एक वडा घट्दो क्रममा अर्थात वडा नम्बर २९, वडा नम्बर ११, वडा नम्बर २८ तथा वडा नम्बर १२ अनुसार व्यवस्था गर्ने
७) मतगणना संख्या रेजो लगाउने कर्मचारी व्यवस्थित बनाउने
८) प्रत्येक वडाको मतगणना बाकस खोल्नुअघि यति मतपत्र रहेको र सर्टिङ गर्ने क्रममा यति मतपत्र रहेको भनि जानकारी गराउने
९) पूर्ण बदर मतको अलग तथ्याङ्क राखि सार्वजनिक गर्ने
१०) गुनासा कानून बम्मोजिम सम्बोधन गर्न र समस्या पत्ता लगाई समाधान गर्न एक कार्यदल गठन गर्ने

अहिलेसम्म मतगणना भएका ९ वटै वडाका मत पुनः गणना हुनुपर्ने, अहिलेसम्मको मत संख्या विश्वसनीय नभएको भन्दै माओवादी र कांग्रेसका उम्मेदवारले विरोध गरेपछि भरतपुरमा शुक्रबार बेलुकादेखि मतगणना स्थगित भएको थियो ।

भरतपुरमा मेयरमा कांग्रेस र माओवादीले तालमेल गरेका छन् । दुई दलले प्राविधिक व्यवस्थापन राम्रो गर्नुपर्ने, निर्वाचन अधिकृतको राजीनामा, सबै पुनर्गणन गर्नुपर्ने माग गरेका छन् । मतगणना स्थगित हुनु अघि मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा पछि हुनुहन्छ ।

तपाईको प्रतिक्रिया