Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

मकवानपुर – एमाले नेता प्रदीप ज्ञवाली र रवीन्द्र अधिकारीले सोमबार नै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पार्टीले जितेको भनेर बधाई दिएको मकवानपुरको थाहा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

थाहा नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका लवशेर विष्टले ७ हजार ४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णु ढकालले ५ हजार ३ सय ७८ मत पाएका थिए । उपप्रमुखमा भने काँग्रेसका खडग गोपालीले ५ हजार ६ सय ५० मत ल्याएर विजयी भएका छन।उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना गोपालीले पाँच हजार ६ सय मत पाएकी थिईन् ।

एमाले नेता ज्ञवाली र अधिकारीले सोमबारै मेयरमा ढकालसहित सबै टिम जितेको भन्दै बधाई दिएका थिए ।

मतगणना नसकिँदै मेयरसहित निर्वाचित टिमलाई बधाई दिएको भन्दै उनीहरुको सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि ज्ञवाली र अधिकारीले फेसबुकबाट उक्त बधाई हटाएका थिए ।

जिम्मेवार पार्टीका जिम्मेवार नेताहरुले यसरी निराधारका झुठा सूचना संप्रेषण गरिनु र आफुले गरेको गल्तीप्रति आत्मालोचना गर्न रत्तिभर आवश्यक नठानिनुलाई स्वभाविक मान्न नसकिने प्रतिक्रिया पनि सामाजिक सञ्जालमा ब्यक्त भईरहेका छन् ।***

तपाईको प्रतिक्रिया