Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको प्रसारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले विभिन्न स्थानमा टाँसेका पर्चा, पोस्टर, भित्तेलेखन, तुल, ब्यानर तथा डिजिटल डिस्प्लेलाई तुरुन्त हटाउन राजनीतिक दल र उम्मेदवारसँग आग्रह गरेको छ ।
निर्वाच आयोगले आज प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल तथा उम्मेदवारले गाउँ सहरको वातावरणलाई स्वच्छ र हराभरा बनाउने सम्बन्धमा गरेको प्रतिबद्धतानुरुप पहिलो चरणको स्थानीय तहको निर्वाचनको समयमा राखिएका प्रचारका सामग्री हटाउन आग्रह गरेको हो । स्थानीय सरकार गठनका लागि भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई राम्रो कार्यको सुरुआत सफाइको अभियानबाट गर्न आयोगले सम्पूर्ण सरोकार भएकाहरुसँग अनुरोध गरेको छ ।
यसैबीच, वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा मत परिणाम घोषणा भई आयोगलाई प्राप्त विवरणानुसार ११५ स्थानीय तहमा मतपत्र बदर भएको सङ्ख्या करिब २ प्रतिशत रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
एकाध मतदान केन्द्रको बदर भएको मत प्रतिशतलाई आधार मानी मतपत्र बदर धेरै भएको पूर्वानुमान गरी सूचना सम्प्रेषण नगर्न आयोगले प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण सरोकार भएकाहरुसँग आग्रह गरेको छ । विसं २०७४ वैशाख ३१ गते पहिलो चरणको निर्वाचन भएका ३४ जिल्लाका २८३ स्थानीय तह (दुई तहमा निर्विरोध)मध्ये अझै १५० भन्दा बढी स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी नै रहेका अवस्थामा बदर मत सङ्ख्याको यकिन गर्न नहुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया