Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

नवलपरासी – नवलपरासी जिल्लामा नेपाली कांग्रेसको सबैभन्दा बलियो पकड भएको क्षेत्र मानिने गैंडाकोट नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेद्वार छत्रराज पौडेल विजयी हुनुभएको छ ।

यसैगरी उपप्रमुखमा भने कांग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको छ । गैँडाकोटमा प्रमुखमा विजयी पौडेलले कुल ११ हजार ३०२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गजेन्द्र आलेले ११ हजार ७८ हजार मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुखमा कुल ११ हजार ५५५ मत प्राप्त गरी काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राधा पाण्डेले १० हजार ४५६ मत प्राप्त गर्नुभयो ।

नवलपरासीमा हालसम्म नगरपालिकातर्फ देवचुली, गैडाकोट र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङ्टार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा मतगणना सम्पन्न भइसकेको छ ।

प्रमुख पदमा गैडाकोटबाहेक अरु सबै स्थानमा काँग्रेसका उम्मेदवार विजयी बनेका छन् । अब नवलपरासीमा कावासोती नगरपालिकामा मात्र परिणाम घोषणा हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया