Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

मेलम्ची – मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्बरबहादुर अर्यालले आठ हजार ६७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आइतमान तामाङले सात हजार ३३ मत प्राप्त गर्नुभयो ।
यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकै भगवती नेपालले नौ हजार ११७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सविता गुरुङले छहजार ७३९ मत प्राप्त गर्नुभयो । सो नगरपालिकाको वडा नं ११ को वडाध्यक्षमा एमालेका रुद्रप्रसाद दुलालले एक हजार ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुदर्शन सापकोटाले ८२४ मत प्राप्त गर्नुभयो ।
यस्तै वडा नं १२ को वडाध्यक्षमा एमालेका रामबहादुर तामाङले एक हजार २५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका शेषबहादुर तामाङले ५३० मत प्राप्त गर्नुभयो । यसैगरी वडा नं १३ को वडाध्यक्षमा माओवादी केन्द्रका देवेन्द्र घोरसाइने ६४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विश्वराम दङ्गाल र राप्रपाका जिवननाथ घोरसाइनेले समान ५२९ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया