Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – ललितपुर महानगरपालिकाको १ देखि १० वडाको मत परिणाम सार्वजनिक भएको छ । ५ वटा वडामा नेपाली कांग्रेस र ४ वटा वडामा एमाले विजयी भएको छ भने एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ मा कांग्रेसका निर्मल तण्डुकार, वडा नम्बर २ मा एमालेका राजेशकुमार महर्जन, ३ वडामा एमालेका श्रीगोपाल महर्जन, वडा नम्बर ४ मा एमालेका नारयण केसी, वडा नम्बर ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी हुनुभएको हो ।

वडा नम्बर  ६ मा कांग्रेसका हिटलर शाक्य, ७ मा पनि कांग्रेसकै कुलबहादुर महर्जन विजयी हुनु भएको छ । यस्तै वडा नम्बर ८ मा कांग्रेसका हेम महर्जन, ९ नम्बर वडामा राजु महर्जन र वडा नम्बर १० मा स्वतन्त्र उम्मेद्वार नरसिंह व्यन्जनकार विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया