Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

कास्की  – पोखरा लेखनाथ महानगरपालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म वडा नम्बर २, ३, ४ र ६ गरी चार वडामा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर १, ७ र ८ मा नेकपा एमाले विजयी भएको छ ।

वडा नम्बर ५ मा पनि नेकपा एमाले विजयी भएको भनिए पनि ९८ मत हराएको भन्दै विवाद सिर्जना भएपछि यस वडामा फेरि मतगणना सुरु भएको छ । अहिले ५, ९ र १० नम्बर वडाको मत गणना भइरहेको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका मानबहादुर जिसीले ९ हजार ३ सय १७ मत पाई अग्रता लिइरहनुभएको छ भने नेपाली काँग्रेसका रामजी कुँवरले ८ हजार ९ सय ६१ मतले पछ्याइरहनुभएको छ ।

त्यसैगरी उपप्रमुखमा एमालेका उमेद्वार मञ्जुदेवी गुरुङ्गको ९ हजार १ सय ३७ मत रहेको छ भने नेपाली काँग्रेसका सरस्वती गुरुङ्गको ७ हजार ८ सय ६५ मत रहेको छ ।

तपाईको प्रतिक्रिया