Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

गोरखा  – गोरखाको पालुङटारमा शुरुदेखि नै अग्रता लिएको नयाँ शक्तिका उम्मेद्वार तेश्रो स्थानमा झरेका छन् । नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईको गृहनगर पालुङटारको मतगणना सकिन लाग्दा कांग्रेसका उम्मेद्वार दिपकबाबु कँडेलले अग्रता लिएको हो ।

४ हजार १ सय ३८ मतका साथ कँडेल अगाडि हुनुहुन्छ भने माओवादी केन्द्रका विवश चिन्तन ४ हजार ७ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ । नयाँ शक्तिका अशोक देवकोटाले ३ हजार ७ सय ५० मत पाउनुभएको छ । अब वडा नम्बर १० को झण्डै ९ सय मतगणना बाँकी छ ।

मतगणता शुरु भएदेखि नै अग्रता लिएको नयाँशक्तिले वडानम्बर ६ को गणनादेखि नयाँ शक्ति पछि परेको हो । उपमेयरमा नयाँ शक्तिका देवीमाया गिरी तेश्रो स्थानमा हुनुहुन्छ । १० वटा वडा रहेको पालुङटारका एक चार पाँच र छ नम्बरमा भने नयाँशक्तिका उम्मेद्वार विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया