Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

स्याङ्जा – स्याङजाको गल्याङ नगरपालिकामा एमालेका भुपराज अधिकारी ८ हजार ३ सय ६८ का साथ विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसमा लालगोपाल अर्यालले ६ हजार ६४ मत पाउनु भएको छ ।

यस्तै उप मेयरमा एमालेकै देवीसरा थापा ८ हजार ४ सय १४ मत पाउनु भएको छ ।  उहाँका प्रतिद्वन्द्वी कांग्रेसका खगीसरा भण्डारीले ६ हजार ४२ मत पाउनुभयो ।

स्याङजाकै कालीगण्डकी गाउँपालिकामा एमालेका खिमबहादुर थापा विजयी हुनु भएको छ । उहाँले ५ हजार ८८ मत पाउनुभयो । प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर राणाले ४ हजार ४ सय २२ मत ल्याउनु भयो ।

यस्तै उपाध्यक्षमा एमालेकै सावित्रा कोइरालाले ५ हजार १ सय १६ मतका साथ विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका तुलसा पाण्डेले ४ हजार ३ सय २५ मत पाउनुभयो ।

यस्तै स्याङजा विरुवा गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका चुनप्रसाद शर्मा विजयी हुनु भएको छ । उपाध्यक्षमा पनि एमालेकै देवी थापा विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया